मनले सोच्ने कि मस्तिष्कले भनेर विवाद धेरै बेर भयो। म र म बीच भएको द्वन्दमा हार मेरै थियो। मुक्ति के हो कसैले मलाई अर्थाइदिनुहोस। के मृत्य नजिक पुगेर सुखाभुती गर्नु मुक्ति हो? मलाई बोलाउनुहोस् एउटा नामले, जुन अरुले मलाई त्यसरी चिन्छन। म त सडकिएको, पड्किएको, भत्किएको अनि च्यातिएको सपना हुँ। स्फुर्त सड्नु र रासायनिक सडनुमा फरक छ, पढेर च्यात्नु र च्यातिएको पढ्नुमा फरक छ, भत्केको बनाउनु र भत्काएर बनाउनुमा फरक छ। कर्म एक ठाउमा छ, मर्म एक ठाउमा छ । न्याय वरको छहारीमा छ। शितलता त प्यास हो, सबै क्षणभंगुर हुन्। अंगालो हाल पछाडी बाट या तरवार गर्दनमा राख। नसमात मलाई, छोडिदेउ बायु हुन, माटो हुन, बगिरहन र रहिरहन ।
Post a Comment