बज्रपात








गुडन गरिरहे, जोडे, भाग गरे , हिसाब मिलाए। जोडिन एक, हेरिन एक, तिमि एक, तिम्रो एक, मानिन एक, जानिन एक, कति सुन्दर एक, मलाई भाग गर, म तिमि बनि दिन्छु, मलाई गुडन गर म तिमि बनि दिन्छु, बिर्सिदेउ मलाई म माटो बनिदिन्छु। म आधा, तिमि आधा, हामी एक। कसरि भुलेउ एक, कसरि मारेउ एक। यो  समय हो, झुट होइन, मृत्यु हो, जीवन हो, चिन्दछन चट्टानले, दिग्भ्रमित रटानले, पाइला अघि अघि, छायाँ पछि पछि। गोरेटोको डोबले जान्दछन, माटोले अङ्गाल्यो, जीवनले बिर्स्यो। बज्र हातमा देउ र मार यो चेतलाई, अचेतलाइ, धर्मलाई, डोरीलाई, प्रेतलाई, समाजलाई, म माझलाई। भए दास भए, मांस भए, चेतलाई चिन, मान चेतलाई, कराए, चिच्याए, कोपरे, सुसले, मर्यो मांस। म मेटदछु परिचय मेरो, जीवन लेख्दछ परिचय मेरो। बस्दछ माया, डसदछ चेतले, कर्मले, कुकर्मले, पापले, श्रापले, भेटदछु सपना, जिउदछु सपना, मेटदछु बिपना। आऊ तिमि आऊ, गोरेटो भासियो, मूल सुक्यो, कुल सुक्यो, भुल दुख्यो, गनायो। देख मलाई, चिन मलाई म लेख्छु मेरो परिचय। पात मुस्कुराए, आँतले सुस्केराहाले, अब मेटछु परिचय, भेट्छु तिमीलाई। कर्तव्य कठोर भो, बज्रपात भो।      

Post a Comment

My Instagram

Copyright © Kabin. Made with by OddThemes