उबेला

 



औजेलिभरी औसेलु तिमीले टिपेर दिदा हृदय हरङ्ग हुन्थ्यो। माथि माथि फलेका औसेलु टिप्दा काडाले  हत्केल रक्तभेल हुन्थे । जब तिमी पटुकाले  मेरो हात पुछी  दिन्थेउ, बिसालु काडाले  दिएको रोधन हर्शासु भई मन यसै मातिन्थ्यो।

 

हो हो हो हो हो हो हो हो. …. …. ……. 


सम्झेर प्याउलिको फूल तिमीलाई 

भुलाउ कसरी यो दील

हर चोट दिएउ गनेर तिमीले

मनाउ कसरी यो दील।


मेरो हातको गुरास खोसि

शिरमा त्यसरी नशिहुरीदेऊ 

दुई फूल  एक ठाउँ  फक्रेको देखि

भुलाउ कसरी यो दील।


लाजले तिमी निहुरी आएउ 

पाउजु तर बजेछ

मन भित्रको काउकुती तिम्रो

भुलाउ कसरी यो दील।


बोलेनौ किन ओठलाई  तिम्रो कस्ट भयो कि

रेट्ने  नयन  मलाई देखी मस्त भयो कि

घुम्टो  भित्र तिम्रो मुहार लाजले सजिदा 

नखर्मौलो तिम्रो स्वोभाव नस्ट भयो कि


सम्झेर प्याउलिको फूल तिमीलाई 

भुलाउ कसरी यो दील

हर चोट दिएउ गनेर तिमीले

मनाउ कसरी यो दील।


My Instagram

Copyright © Kabin. Made with by OddThemes