प्रिय, आकाश तिर नहेर, आकाश धेरै थरिका हुन्छन्। यो आकाशलाई नपत्याउ, झिलमिल तारालाइ नपत्याउ। यो संयोगलाई पत्याउ। हाम्रो जुधेको क्षणलाई पत्याउ। झुटो आकाशतिर कति हेरूँ? म वर्तमानमा बाँच्न चाहन्छु। यहाँ आफू खुसी हुँदा हाँस्नेहरू हुन्छन्, अरू खुसी हुँदा हाँस्नेहरू हुन्छन्। यहाँ हाँसिरहेन पनि हुन्छन्। हाँस्ने मौका कुर्नेहरू पनि छन्। म वर्षातमा हाँस्छु, कालो बादललाई सिरानी बनाउँछु, धुवाको सास फेर्छु। यो संयोग त हो। म त पानीको फोका हुँ। म त पाहुना हुँ; दुई दिनको, एक जन्मको, यस समयको, मेरा पिताको, र मेरी आमाको। चिन, आकाश र तारा सबै भ्रम हुन्। पाल भ्रम, पिउ विष, पिउने र पिइने सबै एक हुन्। दुवै विषालु हुन्। क्षमा गर, देवी। समय एउटै भएर पनि न त तिमीले यो आकाशलाई बुझ्न सक्यौ, न मैले बुझ्न सकेँ। म त अबोध बालक, कपोकल्पित दुःस्वप्न र जन्जिरको मातले थिचिएको, चेतनाले दोब्रिएको, दास हुँ। मेरो मालिक छ, म मानव रहेछु। वर्षात पनि मिठो छ, तिम्रो नदेखिएको आगमन पनि मिठो छ। तिमीलाई कल्पिदाको समय मिठो छ। मंगलमा टेक्नुछ, चन्द्रको सहारा अपरिहार्य छ। गिदि चाहिन्छ, लाधि नालामा पाइन्छ। अस्त।
Post a Comment