सन्तान आजको
अनौठो त्यो आवाज सुनसान वातावरणमा गुञ्जिरह्यो टिक-टिक टिक-टिक। एउटै तालमा फन्को लाउँदा लाउँदै जम्मै सुई एकै ठाउँमा भेलाभैसके। न सुरु छ त्सको न अन्त्य एकिन छ, कठै त्यो यन्त्र, एउटा गजब आविष्कार, घुमिरहन्छ निरन्तर-निरन्तर नापिरहेछ आफ्नै काल खिहिँदै खिहिँदै।
खरको छानु, नाङ्गै काँचा ईँटा, लिउन पखालिएको, माघको जाडो, बुढि आईमाई, कठै उनि बिजाउने सुकुलमाथि खाष्टो एउटासँग। प्रकृतिको चक्र अनन्त अनन्त तर जिवन चक्र अन्तिमतिर, प्रतिबिम्बित त्यो झुप्रो भित्र। सेतै टुसारो ओडेका हरियो दुबो, ऊस्तै हुस्सुभित्र कता कता। यसो वाहिर चिहाँउछे, घामको पत्तो छैन , जुरुक्क उठेर सलाई कोर्छे। कुनाबाट कराई गिज्याइरहेछ, ऊ बिरक्तिदैँ हेर्छे , अलिकति पानि तताँउछे, थोरै साहस बटुल्छे अनि बाहिर निस्कन्छे। ”ओहो! यि बसाहाहरुलाई बाहिर बाँधौ भनेको अझै टिम्क्या रैँछ”,ऊ एक्लै भुतभुताँउछे। खोर नजिकैबाट स्याउला झिकेर खोरमै फालिदिन्छे र आफुभने चिसो खाष्टो ओडेर खोई के के सोच्दै अगेनो छेउमै गएर बस्छे। आज उसले सपना देखिछ छोरोसँग भेटेको, उसका आँखा अलिअलि रसाए, मन कता कता हल्का भयो, मिस्रित त्यो मुहार चाउरिपरेको तैपनि आशाको दियो कतै कतै, उ गुटुमुटु परि। ऊ चाहान्छे भेटुँ एकपटक, मनको तिर्खा मेटुँ एकपटक। वाङ्गिएका हड्डि, छोरोको सम्झनामा, बुढो आयु बोकि लत्रिदैँ लत्रिदैँ डाडा माथि, अस्ताउँदो सुर्यझैँ निराश निराश। ऊ कोल्टो फर्छे, चिसो हावाले उसको गिदि जाम हुन्छ, ऊ सेलाउछे बिस्तार बिस्तार, खास्टो भित्रै यो दैबको लिला अप्रमपार।
सम्पर्कबिहिन झुप्रोको कसलाई मतलब, जब छ झोल हातमा उसको सात समुन्द्रपारि झुमि झुमि आधुनिक दुनियामा।
2011
Post a Comment