कल्पनामा ज्युनु थियो

 


पियुने पनि सधैं होइन कहिले काहीं सम्झनामा 

मिलकाइ दियौ मलाई एक्लै साना साना सम्झनामा !!

तिर्खा पनि त मेट्नु थियो, कल्पनामा ज्युनु थियो 

अलि अलि रमाएर आधि हासो हास्नु थियो !!


खुसि हुन मेरा आफ्नै सपनाहरु काफी छन् 

बिपना त संधैभरि सपनाहरुलाई काफी छन् !!

कसो कसो आज सम्म बहानाको साहारा छ 

पियुने पनि सधै हैन बाच्ने आफ्नै चाहारा छ !!

आज भोलि अलि अलि धमिलो छ क्षितिज पनि 

हुरी चल्दा बतासमा भेटदिन म  कहिले काहिँ 

तिर्खा पनि त मेट्नु थियो, कल्पनामा ज्युनु थियो 

अलि अलि रमाएर आधि हासो हास्नु थियो !!

Post a Comment

My Instagram

Copyright © Kabin. Made with by OddThemes