प्रकृतिको छटाले परिविष्टित, उसै मनोरम श्रृंगारिएको, प्राकृतिक कलाको उद्गम स्थल, टाकुराबाट सोझै पहरो हुँदै झरेको, इन्द्रवाहिनि झरनाको प्रतिभुत हुनेखालको चमचम चम्किने लहरा बेहेरा जब उनि हातले सुम्सुमाउँथिन्, म त्यतिबेलै नतमष्तक हुन्थेँ, चक्षुहरु चरम नसामा ओइलाउथे र मेरो सम्पुर्ण शरिर वाफमान भई पुलोकित हुन्थ्यो अनि त्यतिबेलै उनि चिसा झरनाको जलविन्दुहरुले मेरो शरिर शुभोभित गरिदिन्थिन् र म सेलाउथेँ। प्रकृतिको नियमरुपि उपहार ग्रहण गर्दै हामि परापुर शक्त्ति निचोरेर प्रकृतिको पालक भइरहन्थ्यौँ परितृप्त भइरहन्थ्यौँ।
समयले पुरानो बनाएको तर प्रेमले लतपतिएका ति हरेक क्षण आज दुवैको आँखावाट, मौन वातावरणमा, ध्वनि बिहिन, सारा ईन्द्रियको सहायताले चट्याङझैँ आसपास भैरहेकाछन्।
“प्रिय निलम, आखिर यो अनुकृतन किन, यो स्तुति किन, म त केवल खाक हुँ, धुवाँमा हराउने क्षडभंगुर बाफ हुँ। जे दिएकी छु त्यो सधैँलाई छ, अनन्त अनन्त सम्म छ। जे देखेका छौ, त्यो गरुङ्गो भारी मात्र हो। हरेक देउरालीको खुड्किलोमा बिसाउछु र फेरी उठ्छु। “,- लता
“प्रिय लता, तिम्रा शब्दहरुले बैशाखको रापमा पनि मलाई जमाई रहेको छ, झटारिएर आकासबाट धर्तिमा खसेझैँ भाउन्न बनाईरहेको छ। माफ गर प्रिय तिम्रा शब्दहरुको भेद मैले महसुस गर्न सकिन, प्रेम अंतर्बोध गर्न सकिन। मेरा आकाङ्छ्याहरुले स्वोप्नरुपी अन्धकारमा मलाई स्खलित मात्र बनाईरहे, सत्य अनुभुति गर्न सकिन।“,- निलम
“वाक्ला ग्रन्थमा लेखिएझैँ अविनाशि मेरो त्यो तत्व, हजारौँ बर्षको अनुभव र अनुभुति सँगाल्दै, चराचर प्रकृतिको हरेक रुप धारण गरि, आज पृथिविको यो कालको यो खण्डका लागि उपयुक्त ठहर भई, नाशवान यो शरिर लिएर, प्रिय म तिम्रो लागि प्रेमको आयु तोक्न सक्दिन तर जति अर्थ्याउन खोजे पनि त्यो सँधै अपुरो र छोटो हुन्छ।“,- लता
“तिम्रा शब्दबाणले रन्थनिएको र रंग्मंगीएको म, धार्मिक ग्रन्थहरुको जन्मक्रमलाई ठम्याउन सक्दिन, म त केबल तिम्रा ओठहरुबाट खस्दै गरेका र अर्थिदै गरेका ति अनौठा बर्णमालाको रस सिंचित गर्ने प्रयास गरिरहेको छु।“,- निलम
“प्रिय निलम, आज शब्द शब्दले मेरो अन्तष्करण भावबिभोर भैरहेको छ, मुटुको त्यो कुनामा असिना परिरहेको छ, तिम्रा ओठहरुबाट प्रतिध्वनित भएका निष्कपट शब्दले मलाई गलाईरहेको छ।“,- लता
“प्रिय लता, तिम्रा शब्दको अर्थ छिचोल्दैजाँदा, सांसारिक मोहजालको त्यो जन्जालबाट आज हामी पार भएका छौँ, वाष्तविक प्रेमको अनुभुति गर्ने भएकाछौँ, आज हामि वाष्तविक प्रेमि प्रेमिका भएकाछौँ।”,-निलम
Post a Comment