अन्तिम पाठ



शत्रौं शताब्दीको पूर्वार्धतिर, अघोर चतुर्दशीको दिन मानव शरीर लिएर गंगाजीको किनारमा ओर्लिए। मानव अशभ्यताको घिनिदो छलाङ्गको माझ गंगाजीको चैतन्य र मधुर सुसेलीको रसास्वादन गर्दै म जीवन गम्न थालेँ। लामो मौनता पछि, डेड शतकको आयु तोकेर हरेक कार्यबिधि र लक्ष्य उल्लेख गरि एउटा खत परलोक पठाएँ। रिसानी माफ होस् प्रभु, यता पिपाशु कशिंगर र कुरीति झाँगिएको हुँदा एक मानव जुनीले छोप नलाग्ने अनुभूत गर्दै दुई जुनीको आयु निर्धारण गरि यो खत पठाएको छु।


प्रभु, यहाँ बर्णमालाको जन्जिर छ। यो संसार विशेषणमय छ। नामपद क्रियाशील छ। क्रियापद अश्लिल छ। यहाँ हरेक मुर्त र अमुर्तको शब्द छ। कोहि कालो छ त कोहि सेतो। कोहि सजिब रंगहिन त कोहि निर्जीव रंगिन। यहाँ सुगन्ध छ, त्यहाँ दुर्गन्ध। कोहि यहाँ  बिष पिउछन त कोहि रगत। यहाँ भोजन अलग अलग छ। कोहि सेतो खाएर अर्मठ छन् त कोहो कालो खाएर लठ्ठ। कोहि यहाँ देशमा बस्दछन् त कोहि विदेश। यहाँ महलहरु छन्, त्यहाँ झुप्राहरु। महलमा जातहरु बस्दछन्, झुप्रामा कुजातहरु। जातहरु मालिक हुन् , कुजातहरु माँगलिक। यहाँ सशरीर परिचालित निर्बलहरु छन्, त्यहाँ अंगबिहिन सबलहरु। यहाँ मेरा ठेलीहरु छन् र म दम्भ गर्दछु र धर्म गर्दछु। ठेलीमा पानाहरु छन्। मेरा पानाहरुमा ज्ञान छन्, तेरा पानाहरुमा अज्ञान। यहाँ निर्जीव बोल्दछ, हिडदछ, शासन गर्दछ। 


यहाँ सरल त केवल प्रकृति छ। म सरलतामा जीवन खोज्दछु। जीवनमा औचित्य। म लासहरुसंग रमाउछु, सम्भोग गर्छु प्रेतहरुसंग खेल्छु र कंकाल संग सुत्छु। नग्नता मेरो जन्म हो। म प्रकृति हो। म हराए, डराएँ, कर्तब्य बिमुठ आएँ ।


3 comments :

  1. Woah..It's very difficult to understand.

    ReplyDelete
    Replies
    1. Thank you. There are background underneath it for this writing.

      Delete
  2. If you want to select casinos and evaluate available cost 점보카지노 strategies, you should also to|must also} consider the safety of choices. At the time of writing, on-line casinos with the best payments are Unibet and Hippodrome. In addition to no deposit bonuses, Cool Cat Casino presents killer deposit match bonus promotions that supply excellent value for money. Although it might seem contradictory to some, on-line playing has become extremely popular, especially these who|for many who|for individuals who} fully perceive the English language. It could have its personal cost value, or may possibly} only contribute to different gains. Fortunately, the opposite necessities are fairly clearly outlined of their terms and situations.

    ReplyDelete

My Instagram

Copyright © Kabin. Made with by OddThemes