जिवन
हे शिष्य तिमिले जिवनलाई फक्रिरहेको
फूल सोच्यौ, चलाखि पुर्ण खेल रचि काँडाको सम्रिषण घोलेर केहि हद सम्म जिवनको
व्याख्या पुर्ण गर्ने प्रयास गरिराखेका छौ। तिमि बुध्दिमान् छौ त्यसैले जगतका अंश
बटुलेर आफ्नो व्याख्या सार्थक सिध्द गर्न तिमिले केहि कसुर छोडेनौ।
बालक तिमि अतुलनिय अविनाशि तत्वलाई रञ्जित
ढङ्गले ओईलाएको ईङ्गित गरिराखेका छौ, महात्मा र आत्मालाई समयको एक हार पैँचो मागि
व्यर्थ व्याख्या गर्न तल्लिन भैराखेका छौ।
गुरुदेव मेरा शरिरका अङ्गहरु नित्य
भावनामा वग्दछन् , मष्तिष्कका कोषहरु फगत विलाशमा अलमलिएका छन्, त्यसैले म सत्य
छुट्याउन सकिरहेको छैन, असत्यलाई सन्तुष्टिको आधार मानिरहेको छु। कृपया आदारभाव सहित म माफि चाहान्छु र वदलामा
प्यासवृष्टिले छटपटाएका हरेक कोषलाई हजुका वाणिद्वारा मात्र सिंचित गर्न चाहान्छु।
हेर आज म कसरि गरिब भईन,यो तिथि सम्म
मैले धेरै कुरा त्यागेको छु, अझै पनि त्याग्न चाहान्छु, छोडिएका हरेक वस्तु समयले
प्रिय बनाएका थिए र पनि ति गौण हुँदै गए तर म गौण भईन ,तिमि पनि भएनौ। सम्बन्धहरु
स्तापित हुँदै गए, अहंकार भित्रको आडम्बर र आडम्बर भित्रको खोक्रो सम्बन्ध समयको
चक्रले यसरि छान्दै गयोकि तिनलाई वाटोमा छोड्दा हामि कहिल्यै पनि गरिब भएनौ। बिच
बाटोमा भेटिएका नकारात्मक तत्वले जति तिमिलाई घिसार्न खोजेपनि, विबस ति आफै
घिस्रिरहे।
अब मलाई भन सम्पन्नताको अर्थ
जोडिनुमा र भेटिनुमामात्र कसरि भयो जबकि हराएर पनि म धनि भैराखेको छु, छोडेरपनि म
सन्तुष्ट भैराखेको छु। सतकर्मले प्रेरित, समयको पयार्य अनन्त यो जिवन जसरि
फक्रिरहेको फूल र काँडाको मदतबाट तिमिले परिभाषित गर्यौ, यो फूल र्झदा मेटिने छैन
र यसले तिमि जन्मनु अगावै जन्म लिसकेको थियो।
2013
Post a Comment