Story of Generation Y





कथा आजको


ऊ एकोहोरो एकतमासले काँपिरहेका आफ्ना निला ओठबाट लर्बरिएको आवाज निकाल्दै भन्छ,”मलाई थाह छ, म निस्किनै नसकिने भुमरिमा जकडिएको छु, अब निस्केर के फाईदा सम्बध जो अन्योन्यास्रित भइसक्यो।“ म उसलाई एकटकले हेर्छु, सोच्दछु थाहनै नभई हामि नसाको दास भईसकेछौँ। ऊ आफ्नो बाबुलाई सम्झन्छ, सन्तानलाइ पनि सम्झन्छ र एकचोटि निहुरिएर भक्कानिन्छ। उसले आफु दुई पहाडको खोँचमा भएको कमजोर पुल भएको स्वीकार्छ,तर ऊ थाम्न सक्दैन, गोजिमा भएको नशा तहलगाई हाल्छ। आफु बास्तबमा असल रहेको र मजबुत जग बन्न चाहेको बताउँछ। म उतिर नहेरी उसको छेपारे उखान दोहोरिएकोमा अट्टहास गर्छु। अब उसलाई पुलुक्क हेर्छु, समयको रफतारमा चलेको संसार सम्झन्छु, संसार रितै दौडिएजस्तो लाग्छ,सुन पाउने आसमा हिरा बिर्सिएजस्तो लाग्छ। म डराँउछु,आतिन्छु मनमनै पुकार्छु हे भगवान बाटो बिराएको यो पुस्तालाई जोगाईदेऊ, पुर्खाको नासो यो एउटै संसार आउने पिडिको लागि जोगाईदेऊ।

2011

Post a Comment

My Instagram

Copyright © Kabin. Made with by OddThemes